भारत किसान आन्दोलन : अखिलेश यादवलाई प्रहरीले हिरासतमा लियो

 मंसिर २२, २०७७ सोमबार १४:३७:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतमा किसान यात्रामा सहभागी हुन गइरहेको समाजवादी पार्टी (सपा) का राष्ट्रिय अध्यक्ष अखिलेश यादवलाई लखनउमा प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । उनलाई इको गार्डेन लगिएको छ । 

यसअघि अखिलेश लखनउमा रहेको आफ्नो घरबाट कन्नौजमा प्रस्तावित किसान यात्रामा सहभागी हुन जाने क्रममा प्रहरीले रोकेपछि उनी पैदल नै निस्किएका थिए । उनलाई अघि बढ्नबाट रोक्न खोज्दा उनी सडकमा नै धर्नामा बसेपछि प्रहरीले उनलाई धारा १४४ को उल्लङ्घन भन्दै उनलाई पक्राउ गरेको हो । 

त्यस्तै किसानहरुको मुद्दामा प्रदर्शन गरिरहेका सपा कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । सपा कार्यकर्ता लखनउको विक्रमादित्य मार्गमा रहेको पार्टी कार्यालयमा प्रदर्शन गर्न पुगेका थिए । अखिलेश यादवले हिजो (आइतबार) किसान यात्राको आह्वान गरेपछि सोमबार बिहानदेखि नै विक्रमादित्य मार्गमा ठूलो सङ्ख्यामा प्रहरीको उपस्थिति रहेको छ ।

यति हुँदा हुँदै पनि सपा कार्यकर्ता प्रदर्शनको लागि पुगेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।  

अखिलेश यादवले भाजपाले सन् २०२२ सम्म किसानको आय दोब्बर बनाउने कुरा गरेको तर कृषि कानुन ल्याएर त्यसलाई कमजोर बनाइरहेको बताएका छन् । 

अहिले भारतभरि नै किसान आन्दोलन भइरहेको छ, जसलाई १२ भन्दा धेरै राजनीतिक दलले किसानको समर्थन गरेका छन्, जसले दिल्लीमा केन्द्रले ल्याएको तीन वटा कृषि कानुन रद्द गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन भइरहेको छ । किसानसँग भारत सरकारको विभिन्न पाँचौँ चरणको वार्ता निष्कर्षविहीन रहेको छ, जसका कारण किसानले ८ डिसेम्बरमा भारत बन्दको घोषणा गरेका छन् । 

भारतको किसान आन्दोलनलाई समर्थन गर्दै बेलायतको लण्डनमा पनि प्रदर्शन भएको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया