घरबाट सुन्तला बेच्न गएका युवक सुपादेउरालीको भिरमा मृत भेटिए

 मंसिर २२, २०७७ सोमबार २०:९:० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीको भिरमा एक युवक मृत भेटिएका छन् । 

पाणिनि गाउँपालिका ७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । घरबाट सुन्तला बेच्न भनी आइतबार सुपादेउराली गएका उनी सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् । 

साँझ घर नआएपछि आफन्तले उनको खोजी गरिरहेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया