कम्बोडियामा सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क दिइने

 मंसिर २३, २०७७ मंगलबार ७:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराउनुभएको हो ।

उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालासँग परामर्श गर्न पनि निर्देशन दिनुभएको छ । त्यसैगरी अर्थमन्त्रीलाई पनि उहाँले सबै नागरिकलाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकलाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको उहाँको भनाइ छ ।

एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उहाँले बताउनुभयो । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।

दक्षिण एसियाली देश कम्बोडियामा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको पनि ज्यान गएको पुष्टि भएको छैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया