शेयर बजार ९ अङ्कभन्दा धेरैले घट्यो

 मंसिर २३, २०७७ मंगलबार १६:१८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलबार ९ अङ्कभन्दा धेरैले घटेको छ । जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ९ दशमलव शून्य ४ अङ्कले घटेर १९ सय ९५ दशमलव ३५ विन्दुमा झरेको छ ।

मङ्गलबार निर्जीवन बीमा समूहको शेयर १ सय ३१ अङ्कले, जीवन बीमा समूहको शेयर १ सय २० अङ्कले, विकास बैंकको ३१, व्यापारको ८६ र बंैकिङ समूहको शेयर ७ अङ्कभन्दा धेरैले घटेको छ । 

मङ्गलबार दुई सय दुई कम्पनीका एक करोड २५ लाख ६६ हजार कित्ता शेयर पाँच अर्ब ७१ करोड ९४ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।  

मङ्गलबार नारायण विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । युनिलिभर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया