सिङ्गापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक पक्राउ

 मंसिर २३, २०७७ मंगलबार १८:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – सिङ्गापुर पठाइदिन्छु भन्दै तीन लाख ३१ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ । 

एक महिलालाई सिङ्गापुर पठाइदिने भन्दै पैसा असुलेर फरार भएका काठमाण्डौ बस्ने धरानका विशाल दर्जीलाई एअरपोर्टबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

पक्राउ परेका दर्जीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको  महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया