काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका १ मा हिजो सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोगले व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद प्रकट भएको जनाएको हो । साथै आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिो स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशङ्काको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने काम नगर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् । विप्लव समूहले यस हत्याकाे जिम्मा लिइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।