रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल ल्याइयो

 मंसिर २४, २०७७ बुधबार १८:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण छोट्याएर गरिएको रथजात्रापछि ललितपुरको पुल्चोकबाट बुङ्गमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहालमा ल्याइएको छ । 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुधबार दिउँसो बुङ्गमतीबाट खटमा राखेर पाटन ल्याइएको हो । १२ वर्षको जात्राबाहेक मच्छिन्द्रनाथलाई हरेक वर्ष ६ महिना बुङ्गमतीमा र ६ महिना पाटनमा राखिने गरिन्छ ।

तर यसपालि ढिलो गरी रथजात्रा सम्पन्न भएको कारण गएको भदौ २९ गतेमात्र बुङ्गमती लगिएकोमा तीन महिनामात्र त्यहाँ राखेर बधुबार पाटन ल्याइएको हो । गएको मङ्सिर १८ गते ज्योतिषीहरूले मच्छिन्द्रनाथलाई पाटनमा ल्याउनको लागि बुधबारकाे साइत निकालेका हुन्। 

मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी हुने गर्दछ । देवताको आवरण फेर्ने, शृङ्गार गर्ने लगायतका काम गरिन्छ । त्यस्तै बिहान कर्ता, जजमान, पानेजु मिलेर मच्छिन्द्रनाथको विधिपूर्वक पूजा गर्ने परम्परा छ । पूजा सकेपछि बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर ल्याइन्छ भने  पाटनको तःबहालको पश्चिम ढोकाबाट देवता भित्र्याइने गरिन्छ।

 

तस्बिरः रामराजा बज्राचार्य 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया