बासमती धानमा भारतीय दाबीकाे विराेध गर्दै नेपालले निवेदन दियाे

 मंसिर २४, २०७७ बुधबार १९:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बासमती धानमा भारतले दाबी गरेको भौगोलिक हकमा नेपालले दाबी विरोध गरेको छ । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेस गरेपछि नेपालले प्रतिवाद गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले गरेको निर्णयअनुसार बुधबार साँझ युरोपेली युनियनमा दाबी विरोध दर्ता गरिएको नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डाक्टर बालकृष्ण जोशीले जानकारी दिनुभयो । बासमती धान नेपालको भुगोल, परम्परा र इतिहाससँग जोडिएको प्रमाणसहित विरोध दर्ता भएको उहाँको भनाइ छ ।

कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको हक स्थापित हुनुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया