पशुपतिमा मङ्सिर ३० गते क्षमापूजा गरिने

 मंसिर २५, २०७७ बिहीबार ७:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हरेक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य सामग्रीको प्रदर्शनी यस वर्ष नराखिने भएको छ ।

बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा रहेकामा यस वर्ष कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

बहुमूल्य सामग्री पशुपति मेलामा आउने भक्तजनलाई लक्ष्य गरी वर्षमा एकपटक देखाउने प्राचीन कालदेखिको परम्परा यस वर्ष स्थगित गरिएको हो । गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको मन्दिर आउँदाे पुस १ गतेदेखि खुलाइँदै छ । मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमापूजा गरिने पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया