कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भे...
माघ २८, २०८१ सोमबार
काठमाण्डौ - धेरैजसो महिलाहरु घरपरिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका छन् ।
८० प्रतिशतभन्दा धेरै महिलाहरु घरभित्रैबाट अथवा नजिकैका व्यक्तिहरुबाट हिंसामा पर्ने गरेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले बताउनुभयो । हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधमा घरभित्रकै र नजिकैका व्यक्तिहरु प्राय संलग्न हुने भएकोले केही घटनाहरु घरभित्रै लुकाउने गरिएको उहाँको भनाइ छ ।
घरभित्रका सदस्यहरुको विरोधमा अघि बढ्दा आफूलाईसमेत असर पर्ने भन्दै महिलाहरुले खुलेर आफूमाथि भएको हिंसाबारे बताउन नचाहने गरेका मानवअधिकारर्मीसमेत रहनुभएका अन्सारीले बताउनुभयो । यस्तै पालिकाहरुले हिंसाका घटनाहरुलाई मिलापत्र गराउने प्रवृत्ति बढेकाले पनि बलात्कारलगायतका हिंसाका घटनाहरु बढिरहेको उहाँको भनाइ छ ।
परिवारका सदस्यलाई बचाउन मेलमिलापका नाममा हिंसाका घटना दबाउने काम पालिकाले गर्न नहुने उहाँले बताउनुभयो । अहिले हरेक पालिकामा न्यायीक समिति गठन भएको छ । समितिले घरायसी झगडालगायत विषय हेर्ने अख्तियार पाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।