विगु गाउँपालिकाले सुरु गर्‍याे ‘बुहारी फर्काउ अभियान’

 साउन २९, २०७५ मंगलबार १९:६:४३ | उषा तामाङ
unn.prixa.net

दोलखा – सेवा सुविधाको लागि गाउँ छाड्ने व्यक्तिको क्रम बढ्दै गएपछि दोलखाको विगु गाउँपालिकाले ‘बुहारी फर्काउ अभियान’ सञ्चालन गर्ने भएको छ ।

बालबालिकालाई गुणस्तरीय शिक्षा दिन, स–साना रोजगारी र सेवा सुविधाका लागि भन्दै गाउँ छाड्ने क्रम बढेपछि गाउँपालिकाले यस्तो अभियान सञ्चालन गर्ने भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले विशेष गरी आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न आमाहरुले गाउँ छोड्ने गरेको पाइएकाले गाउँपालिका क्षेत्रभित्रका प्रत्येक विद्यालयमा अब बाल कक्षादेखि कक्षा एकसम्म अङ्ग्रेजी माध्यमबाट पढाई हुने बताउनुभयो । 

करेसाबारी कार्यक्रम, आलु खेती, अलैची खेती, चिया खेतीलाई प्रर्वद्धन गर्दै गाउँपालिकाले यस्तो खेती गर्न चाहने किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गाउँपालिकाको कार्यालयले जनाएको छ । त्यसैगरी स–साना रोजगारी गाउँपालिका आफैले उपलब्ध गराउने जनाएको छ ।

पशु विकास कार्यक्रमतर्फ व्यावसायिक पशुपालन, माछापालनलाई जोड दिइएको छ । आधारभूत आवश्यकतालाइ परिपूर्ति गर्नका लागि गाउँपालिकाका नागरिक गाउँ छोड्न बाध्य नहुन् र गएकाहरुलाई पनि फर्की आउन् भन्ने उद्धेश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिनुभयो । 

बालबालिकालाई गुणस्तरीय शिक्षा दिन तथा रोजगारीका लागि मानिसहरुले गाउँ छोड्ने क्रम बढेपछि गाउँघरमा वृद्धवृद्धा मात्रै देख्न सकिन्छ । 


 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया