सिप्रदीको ‘डिसेम्बर ब्लेजिङ एक्सजेन्ज' कार्यक्रम : गाडी किन्ने र साट्नेलाई अफर नै अफर

 मंसिर २५, २०७७ बिहिबार २०:२८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘डिसेम्बर ब्लेजिङ एक्सजेन्ज’ कार्यक्रम गर्ने भएको छ । 

सिप्रदीले शुक्रबार (भोलि) र शनिबार (पर्सि) ‘डिसेम्बर ब्लेजिङ एक्सजेन्ज’ कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा ग्राहकले गाडीको टेस्ट ड्राइभ, एक्सचेन्ज सुविधालगायतमा विशेष अफर पाउने कम्पनीले जनाएको छ । यस्तै हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार, नगद छुट, एक्सचेन्जमा ५० हजार रुपैयाँसम्मको बोनस, एक वर्षको सडक दस्तुर, ग्राहकलाई रिफ्रेसमेन्ट जस्ता अफर कार्यक्रमको मुख्य आकर्षण रहेको सिप्रदीले जनाएको छ ।

काठमाण्डौको थापाथलीमा रहेको टाटा मोटर्सको शो रुममा हुने कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने छ ।

कार्यक्रममा सहभागी हुनेले टाटाका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू– अल्ट्रोज, एचफाईभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया