अर्घाखाँचीमा १८ वर्षपछि लालपुर्जा पाउँदा स्थानीयवासी हर्षित

 मंसिर २८, २०७७ आइतबार १०:५५:२५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट र ४ केरङ्गाका बासिन्दा १८ वर्षपछि लालपुर्जा पाउँदा खुशी भएका छन् ।

२०५९ सालमा तत्कालीन माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएको थियो । जलेर नष्ट भएका  लालपुर्जा १८ वर्षपछि नापी कार्यालय पुनः नापनक्सा गरी बल्कोटमा ६ सय ५० घरधुरी र केरुङ्गाका  एक हजार एक सय ८६ जग्गा धनीलाई लालपुर्जा वितरण सुरु भएको अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताउनुभयो ।

द्वन्द्वका  समयमा नक्साबिहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको पनि रानाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया