कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भे...
माघ २८, २०८१ सोमबार
ललितपुर – ललितपुर महानगरपालिकाले सहरी सुन्दरता कायम गर्ने उद्देश्यहित नगर सचेतना अभियान सुरु गरेको छ । सडक छेउमा राखिने पर्चा, पम्प्लेट र होर्डिङ बोर्डले सहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता सामग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान सुरु गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सहरी सुन्दरता अभियान सुरु गर्नुभएको हो । कार्यक्रममा मेयर महर्जनले सहरलाई कुरुप बनाउने खालका काम गर्ने जो–सुकैलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
कुनै पनि व्यक्ति वा सङ्घ संस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । यस्तै फुटपाथमा फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, गाडी पार्किङ गर्ने, निर्माण सामग्री राख्ने लगायतका काम गर्नेलाई पनि महानगरले कारबाही गर्ने भएको छ ।
सडक छेउमा रहेका बिजुलीका पोलमा जथाभाबी तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने मेयर महर्जनले बताउनुभयो । उहाँले स्वच्छ र सफा नगर निर्माणका लागि स्थानीयबासीको सहयोग अनिवार्य रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।