गाैतम बुद्ध क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा

 मंसिर २८, २०७७ आइतबार १५:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा पुगेको छ ।

भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा राप्तीले वाग्मतीलाई ११ रनले हरायाे । एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मती दुई बल बाँकी छदै अलआउट भयो ।

वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन जोडे । रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३–१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे । 

राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई–दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । 

जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा पुगेको छ । हारपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया