‘कमानसिंह लामा र हाइड्रोपावरसँग सम्बन्धित विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर प्रचार नगराैँ’

 मंसिर २८, २०७७ आइतबार १६:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर प्रचार गरिएको बताउनुभएको छ । 

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अनावश्यक रुपमा पार्टीका प्रवक्ता श्रेष्ठलाई विवादमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर प्रचार भएको र त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गर्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठकमा २५ गते हाम्रो पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको निधन भएकोमा बैठकले गहिरो शोक व्यक्त गर्‍याे । नेपालको कम्युनिस्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलनमा सानो उमेरदेखि नै निरन्तर सङ्घर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली दियाे र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्‍याे । आजकै बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर प्रचार नगर्न अनुरोध गर्नुभएको छ ।’

कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर नेकपाको स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित भएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया