नेप्से साढे ४६ अङ्कले बढ्यो, झण्डै पाँच अर्ब रुपैयाँको कारोबार

 मंसिर २८, २०७७ आइतबार १६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से साढे ४६ अङ्कले बढेको छ ।

होटल व्यापार र जलविद्युत बाहेक अरु सबैजसो समूहको शेयर बढेपछि समग्र नेप्से ४६ दशमलव ४३ अङ्कले बढेर २ हजार १० दशमलव ४५ विन्दुमा पुगेको छ ।

आइतबार जीवन बीमा कम्पनीको शेयर ५ सय २८ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको २ सय ७२ अंकले, निर्जीवन बीमाकाे १ सय ७४, माइक्रो फाइनान्स ५६ अङ्कले, बैकिङ समूहको शेयर ४५ र विकास बैंक समूहको शेयर ३६ अङ्कले बढेको छ । आइतबार दुई सय तीन कम्पनीका ९० लाख ५० हजार कित्ता शेयर चार अर्ब ८९ करोड ९४ लाख रुपैयाँमा कारोबार भयो ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ  ।

आइतबार माहुली र साधना लघुवित्त वित्तीय संस्था तथा नारायणी विकास बैंक र हिमालयन डिस्टिलरीका शेयरधनीले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।

समग्र बजार बढे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका शेयरधनीले झण्डै पाँच प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया