नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने २ लाख ३५ हजार नाघे

 मंसिर २८, २०७७ आइतबार १६:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा सङ्क्रमण देखिएकाे हाे । नेपालमा अहिले १० हजार नौ सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै, आइतबार एक हजार पाँच सय जना कोरोना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३५ हजार सात ३१ पुगेको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण नौ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९८ पुगेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया