भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

 मंसिर २८, २०७७ आइतबार १८:०:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मुम्बई प्रहरीले आइतबार रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचंदानीलाई कथित टीआरपी घोटाला प्रकरणको सम्बन्धमा पक्राउ गरेको छ । 

मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेले रिपब्लिक टीभीका सीईओ खनचंदानी पक्राउ परेको पुष्टि गरेका हुन् ।  

खनचंदानीलाई आइतबार नै अदालतमा उपस्थित गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई पहिले पनि यस प्रकरणमा दुई सोधपुछ गरिसकिएको छ । 

अपराध शाखाको जाँचमा केही केबल अपरेटर्सले दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन) को प्रयोग गरिरहेको पत्ता लागेको थियो । यस प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देख्न सकिन्थ्यो ।

खनचंदानी पक्राउ परेको विषयलाई लिएर रिपब्लिक टीभीले आलोचना गरेको छ ।  

रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।  

खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको बताइएको छ ।  

टीआरपी घोटालाको प्रकरण गएको अक्टोबर महिनामा सार्वजनिक भएको थियो । मुम्बई प्रहरीको विशेष जाँच दलले यस प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया