कर्मचारी हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको झण्डै २ करोड अनुदान कट्टा

 मंसिर २८, २०७७ आइतबार १८:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – समायोजनमा परेका कर्मचारीलाई हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको अनुदान कट्टा हुने भएको छ ।

सरकारले गरेको कर्मचारी समायोजनको नामावलीअनुसार ३५ वटा पालिकाले केही कर्मचारीको हाजिर गराउन मानेका थिएनन् । हाजिर गर्न नपाएका कर्मचारीको तलब भत्ता अहिलेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदान गर्ने भएको छ ।

 तलब बापतको एक करोड ८८ लाख १८ हजार रुपैयाँ भने कर्मचारी हाजिर गराउन नमानेका पालिका र प्रदेशलाई दिने रकमबाट कट्टा गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अनुदान कट्टा गर्नको लागि सङ्घीय मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाइसकेको छ । 

सङ्घीय सरकारले समायोजन गरेर पठाएका केही कर्मचारीलाई केही प्रदेश र पालिकाले हाजिर गराउन मानेका थिएनन् । हाजिर गराउन नमानेका कर्मचारीको तलब बराबरको अनुदान कट्टा गर्नको लागि मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

समायोजनमा परेका कर्मचारी हाजिर गराउन नमान्ने पालिकाको विवरण यस्तो छ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया