अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतकाे आदेश

 मंसिर २८, २०७७ आइतबार १९:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै आज (आइतबार) पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो ।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । उहाँमाथि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको थियो ।  

अख्तियारले पूर्वप्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाण्डौमा गएकाे वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उहाँसहित एक सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये एक सय १० जनालाई भ्रष्टाचारकाे कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो ।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाै करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबीसमेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपूर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्रीसमेत रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया