राैतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब कारागार चलान

 मंसिर २८, २०७७ आइतबार १९:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – रौतहटकाे राजपुरमा २०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका आरोपित महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशपछि महताबलाई आइतबार जिल्ला कारागार गौर पठाइएको छ ।

संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरेको थियो । आलम नेपाल–भारत सीमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ परेका थिए । महताब आलम पूर्वमन्त्री अफताव आलमका भाइ हुन्  ।

२०६४ चैत २७ गते गोठघरमा तत्कालीन नेपाली कांग्रेसका उम्मेद्वार तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको योजनामा बम विष्फोट हुँदा १४ जनाको ज्यान गएको भन्दै प्रहरीले अफताब आलमलाई पक्राउ गरिसकेको छ ।

आलमले विष्फोटको घटना लुकाउने उद्देश्यले मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखेर इँटाभट्टामा जलाइएको स्वीकार गरिसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया