कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भे...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आज यसवर्षको जाडो सुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ ।
आज बिहान काठमाण्डौको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो । हिजो बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिक बद्ली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा मौसम आंशिक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका धेरैजसो ठाउँमा भने कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने सामान्य बद्ली रहने अनुमान छ ।
आजराति प्रदेश १ र २ का पहाडी क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।