थप ८२१ जनामा काेराेना सङ्क्रमण, ८४२ जना डिस्चार्ज

काेराेनाबाट ज्यान गुमाउने १७ सय नाघे

 मंसिर २९, २०७७ सोमबार १६:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा आठ सय २१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा आठ सय ४२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३६ हजार पाँच सय ७३ पुगेको छ ।

नेपालमा अहिले १० हजार नौ सय ५५ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै क्वरेण्टीनमा रहनेकाे सङ्ख्या चार सय ७१ पुगेकाे छ । 

गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय १६ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया