शेयर बजार झण्डै ५७ अङ्कले बढ्यो, ७ अर्ब २० करोड रुपैयाँको कारोबार

 मंसिर २९, २०७७ सोमबार १६:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से साेमबार झण्डै ५७ अङ्कले बढेको छ । जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ५६ दशमलव ७२ अङ्कले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको छ ।

आइतबार  माइक्रो फाइनान्स समूहको १ सय ३६ अङ्कले, व्यापारको १ सय ६१, उत्पादनको १ सय ६, अन्यको ६३, विकास बैंकको ५६, बैकिङ समूहको २२ र होटल समूहको शेयर ३६ अङ्कले बढेको छ ।

आइतबार दुई सय दुई कम्पनीका एक करोड २८ लाख ८८ हजार कित्ता शेयर सात अर्ब २० करोड ४१ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भयो । 

१५ वटा कम्पनीका लगानीकर्ताले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि लिबर्टी इनर्जीका लगानीकर्ताले झण्डै ६ प्रतिशतले गुमाएका छन् । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया