बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको हाे : गगन थापा

 मंसिर २९, २०७७ सोमबार १८:४३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कैलाली – नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली कांग्रेस सडकमा उत्रिएको बताउनुभएको छ ।  

कांग्रेसद्वारा धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको बताउनुभयो । उहाँले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली कांग्रेस घर फिर्ता नहुनेसमेत बताउनुभयो ।

ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्यमन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको बताउनुभयो । 

नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताउनुभयो । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै नागरिककाे पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खबरदारी गरिरहेकाे बताउनुभयो ।    

धनगढी चौराहबाट र्‍यालीसहित सुरु भएको प्रदर्शन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुन कांग्रेस नेता तथा समर्थकहरू धनगढी पुगेका थिए । सभालाई केन्द्रीय सदस्य गगन थापा, पूर्वमन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशीला मिश्र भट्टले सम्बोधन गर्नुभएको थियो ।   

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शिशिर पोख्रेल

    Dec. 15, 2020, 7:42 a.m.

    विकास भन्ने कुरो "नेपालीकोलागि आकाशको फल आँखा तरी मर भने जस्तै भयो " अन्य मुलकहरुमा: सत्तापक्ष सँगसँगै प्रतिपक्ष पनि विकास गर्न चहाने हुन्छन् र पो देश विकसित हुन्छ । हाम्रो देशमाभने :(प्रतिपक्षहरु ) 77 जिल्लाभरिका मान्छे बटुलेर आन्दोलन गर्ने हो । कोरोना बढेपछि सरकारलाई आरोप लगाउन पाइहालिन्छ नि! " कोरोना नियन्त्रणमा कमजोरी भो भन्दै" 😄

  •  0 Reply

तपाईको प्रतिक्रिया