काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – सरकारले पटक पटक मौखिक आग्रह र पत्राचार गरे पनि उखु किसानले वार्तामा बस्न अस्वीकार गरेका छन् ।
दुई वटा सर्त पूरा नहुञ्जेल वार्तामै नबस्ने किसानको अडान छ । सरकारले रकम भुक्तानीको समय तोक्नुपर्ने र त्यो समयसम्म आफूहरू काठमाण्डौमै कुरेर पैसा बुझ्ने किसानको पहिलो सर्त छ । यस्तै कुनै कोषबाट उखु किसानको भुक्तानी दिनुपर्ने र त्यो रकम सरकारले उद्योगीबाट असुल्न सक्ने किसानको दोस्रो सर्त छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार दिउँसो १ बजे वार्ताको लागि बोलाए पनि किसान नगएपछि वार्ता हुन सकेको छैन । अब बेलुकी वार्ताको सम्भावना रहेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो । अबको वार्तामा किसान नआए पनि गृह र उद्योग मन्त्रालयले संयुक्त बैठक बसेर निर्णय गर्ने उहाँको भनाइ छ ।
किसानले चिनी मिललाई उखु बेचेको पैसा नपाएपछि पोहोर पनि काठमाण्डौ आएर आन्दोलन गरेका थिए । त्यतिबेला पोहोरकै माघ ७ गतेसम्म पैसा पाउने सहमति भएको थियो तर अहिलेसम्म पैसा नपाएको भन्दै किसानले फेरि पनि काठमाण्डौ आएर गएकाे आइतबारदेखि आन्दोलन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।