उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारको निर्देशन

 मंसिर ३०, २०७७ मंगलबार १५:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उज्यालोलाई जानकारी दिनुभयो । व्यापारीहरूले भुक्तानी दिनै मानेनन् भने अन्तिम विकल्पको रूपमा पक्राउसमेत गर्न सकिने निर्णय भएको प्रवक्ता बुढाको भनाइ छ ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी हुनुभएको थियो ।

उखुको भुक्तानी नपाएपछि अहिले उखु किसानले काठमाण्डौमा आन्दोलन गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया