गौतम बुद्ध कप क्रिकेटको उपाधि राप्तीलाई, नारायणी ९ रनले पराजित

 मंसिर ३०, २०७७ मंगलबार १६:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गौतमबुद्ध कप टी–२० क्रिकेट उपाधि टिम राप्तीले जितेको छ । नारायणीलाई नाै रनले हराउँदै राप्तीले उपाधि जितेको हो । 

राप्तीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नारायणी नौ विकेट गुमाएर एक सय ३४ रनमै सीमित भयो । नारायणीका लागि आरिफ शेखले सबैभन्दा धेरै ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

यसअघि निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा पहिले ब्याटिङ गरेको राप्तीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । 

दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया