फेरि अध्यादेश ! सत्ता स्वार्थको पराकाष्ठा किन ? : जनार्दन शर्मा

 मंसिर ३०, २०७७ मंगलबार १६:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उहाँले यो अध्यादेश तत्काल खारेर हुनुपर्ने माग गर्नुभएको हो । मङ्गलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको हो ।

शर्माले फेरि अध्यादेश किन ल्याइएकाे भन्दै प्रश्न गर्नुभएकाे छ । उहाँले ट्वीट गर्दै भन्नुभएकाे छ, 'फेरि अध्यादेश ! सत्ता  स्वार्थको  पराकाष्ठा किन  ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन ।'

साथै उहाँले हतास मनस्थितिबाट मुक्त हुन र अध्यादेश फिर्ता गर्न माग गर्नुभएकाे छ ।  

नयाँ अध्यादेशलाई लिएर नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डलगायत विभिन्न दलका नेताले तत्काल खारेज गर्न माग गरेका छन् ।   

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया