प्रधानमन्त्री ओलीको काम नै ‘सरकार ढल्दैन’ भनेर भाषण गर्ने : विप्लव
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
गएकाे शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइ दिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरूले बताएका छन् ।
मन्त्रालयले गएकाे वर्ष पुस १८ गते त्यही वर्षकाे माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर पनि उद्योगीहरूले एक वर्षसम्म पैसा नदिएपछि काठमाण्डौ आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।
बुधबार उखु किसानहरू हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए । सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरूले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।
उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरूलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरू भने सरकार र उद्योगीहरूबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानहरूले उद्योगीहरूबाट झण्डै ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।