घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई कुरेर झण्डै ६ घण्टासम्म बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू निवेदन दर्ता नगरि फिर्ता भएका छन् ।
नेकपाका दुई अध्यक्षबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको माग नगर्ने सहमति भएपछि नेता भीम रावल, पम्फा भुसालसहितका नेताहरू शीतल निवासबाट फर्किएका हुन् ।
उनीहरू नेकपाका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन बोकेर दिउँसो १२ बजेर ४८ मिनेटदेखि शितल निवासमा सचिव कुरेर बसिरहेका थिए । आफूहरू शीतल निवासमा सचिव कुरेर पाँच घण्टासम्म बसेको तर कार्यकारी अध्यक्ष प्रचण्डले निवेदन दर्ता नगर्न भन्नु भएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएको नेता पम्फा भुसालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले निवेदन दर्ता नगरिकन शीतल निवासबाट फिर्ता नहुने भनेका थियौँ, कमरेड प्रचण्डले सहमति भयो भनेर भन्नुभयो, उहाँले फिर्ता हुन आग्रह गर्नुभयो । त्यसपछि हामी दर्ता नगरि फिर्ता हुँदै छौँ ।’
त्यस्तै नेता रावलले भने सचिवले निवेदन दर्ता गर्छु भन्दै झुलाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी ६ घण्टासम्म कुरेर बस्याैँ, सचिवले दर्ता गर्ने आश्वासन दिए पनि बेपत्ता भए, त्यसपछि अध्यक्ष प्रचण्डकाे निर्देशन आयाे र हामी फिर्ता भयाैँ ।’
राष्ट्रपति भण्डारीले अध्यादेश ल्याएसँगै सांसदहरूको हस्ताक्षर बोकेर विशेष अधिवेशन बोलाउन माग गर्दै नेताहरू शीतल निवास पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Dec. 16, 2020, 8:36 p.m.यस्को मतलब तिमीहरु प्रचन्डे १७,००० वाला का घर पालुवा दाश रहेछौ । त्यो अब धि मा हग्न मुत्न मन लाग्दा त प्रचन्डे लाई सोधौ होइन ? नत्र बित्यास पर्ला ।न सोध्या भए अब सोध्ने गर्नु । संसद ले महगा मोबाइल किनी दिएकै छ । कि छैन ?