नेकपाको अर्को स्थायी कमिटी बैठक ५ गते, केन्द्रीय कमिटी बैठक १० गते

 पुष १, २०७७ बुधबार १८:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा निवेदन दर्ता नगर्ने सहमति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र साथै राष्ट्रपति समक्ष संसद्को बैठकको माग गरेर पेस गर्ने भनेको आवेदन पनि फिर्ता गर्ने निर्णय सर्वसम्मतिले गरेको छ ।’

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएपछि नेकपाका ८३ जना सांसद्को हस्ताक्षरसहितको निवेदन बोकेर भीम राव र पम्फा भुसालसहितका नेताहरू दिनभर शीतल निवासमा बसेका थिए ।

राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलको पर्खाइमा उनीहरू ६ घण्टासम्म शीतल निवासमा बसेका थिए । अध्यक्षहरूबीच सहमति भएको औपचारिक जानकारी आएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएकाे नेता भीम रावलले जानकारी दिनुभयाे ।

यसैबीच बुधबारकाे स्थायी कमिटी बैठकमा ओलीले मङ्गलबारकाे संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराउनुभएको थियो । बुधबारकाे बैठक बस्नुअघि दुई अध्यक्षबीच दुई पटकसम्म छलफल भएको थियो ।

अध्यादेश र विशेष अधिवेशनमा दुई अध्यक्षबीच सहमति जुटेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा सहभागी हुनुभएको हो । बुधबारकाे बैठकले अर्को स्थायी कमिटी बैठक यही ५ गते र केन्द्रीय कमिटी बैठक १० गते बस्ने निर्णयसमेत गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया