उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको बैठकमा बुझाउन निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउनुभयो ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा उद्योग र गृह मन्त्रालयलाई एक हप्ताभित्र किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।
यस्तै बैठकले चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाबारे पनि चासो राखेको छ । चिनी उद्योगमा कार्यरत श्रमिकले श्रमबापतको तलब पाएकाे/नपाएको बारे समितिले चासो राखेको हो ।
समितिले अबको १५ दिनभित्र श्रमिकले पाउनुपर्ने रकम पनि भुक्तानी गर्न र त्यसबारे समितिलाई जानकारी गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । लामो समयदेखि उखुको भुक्तानी नपाएपछि किसानले गएको आइतबारदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन् । रकम नपाएसम्म घर नफर्किने किसानको अडान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।