उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लागू भएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरूको छलफलले भोलिदेखि जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यातायात व्यवसायी र मजदुरका सङ्घ संस्थाका प्रतिनिधिसमेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधन सञ्चालनमा आए पनि जोर–बिजोर प्रणाली कायम गरिएको थियो ।
जोर–बिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रूपमा पालना गर्न उहाँले आग्रह गर्नुभयो । सवारी साधनमा देखिएको यात्रुको चापको अवस्थालाई मध्यनजर गर्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको उहाँले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताउनुभयो । उहाँले यातायात मजदुर र यात्रुलाई अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसहित विभिन्न यातायात मजदुर सङ्गठनले शुक्रबारदेखि जोर–बिजाेर प्रणाली उल्लङ्घन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । कोरोना महामारीपछि काठमाण्डौका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोरबिजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।