फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

 पुष २, २०७७ बिहीबार १६:२५:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय  राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ । 

उहाँले घरबाट नै काम गरिहरनुभएकाे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया