सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आज पनि सं...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - शैक्षिक सत्र सकिन झण्डै ३ महिना मात्रै बाँकी हुँदा सरकारले वैकल्पिक सिकाइसँग जोड्नका लागि भन्दै ३९ लाख विद्यार्थीलाई प्याकेजसहितको निःशुल्क सिम दिन सुरु गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीको पढाइलाई निरन्तरता दिन निःशुल्क सिमसहित सरकारले कक्षा सञ्चालन गर्न लागेको हो । असोज १ देखि अहिलेसम्म २५ वटा विद्यालयका विद्यार्थीले सिम पाएका शिक्षा विकास तथा मानव स्रोत केन्द्रले जनाएको छ ।
सरकारले विद्यालय सञ्चार सञ्जालीकरण कार्यविधि–२०७७ स्वीकृत गरिसकेको छ । त्यही कार्यविधिअनुसार सबै विद्यार्थीले प्याकेजसहितको ‘क्लोज युजर ग्रुप’ (सीयूजी)’ सिम पाउनेछन् । वैकल्पिक सिकाइका लागि एउटा परिवारमा रहेका एक जना विद्यार्थीले मात्रै सिम लिन पाउनेछन् ।
देशभर कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थीको संख्या ७२ लाखभन्दा बढी छ । तर इन्टरनेटको पहुँच भएका जिल्लाका विद्यार्थी, बालविकास समूहका र कक्षा ११ र १२ का विद्यार्थीबाहेकका करिब ३९ लाख विद्यार्थीले यो सुविधा पाउने शिक्षा विकास तथा मानव स्रोत केन्द्रका सूचना अधिकारी डा. माधवप्रसाद दाहालले बताउनुभयो । विद्यालयको सिफारिसमा अभिभावकले टेलिकमबाट सिम निकाल्नुपर्नेछ ।
सिकाइ अवधिभर सिम प्रयोगमा लागेको रकम नेपाल टेलिकमलाई गाउँपालिकाले भुक्तानी गर्नेछ । सिम पाएपछि विद्यार्थीले शिक्षकसँग जोडिएर निःशुल्क डाटा प्रयोग गरेर पढ्नुपर्नेछ । निःशुल्क सिम र डाटा लिएपछि केन्द्रको एप्स र डाटा पोर्टलसँग जोडिनुपर्नेछ ।
विद्यालयमा क्लोज यूजर्स ग्रुप बनाउनुपर्नेछ र तोकिएको समयमा पढ्नुपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।