हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त

 माघ २६, २०८१ शनिबार १८:३३:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण हुन् । मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्‍याइएका थिए ।

युद्धविराम सम्झौता अनुसार इजरायलले तीन जनाको बदलामा आजै एक सय ८३ जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । गएको जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता गाजाबाट २१ जना बन्धकहरू र इजरायलबाट तीन सय ८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् ।

अबको तीन हप्तामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झन्डै ३३ जना बन्धक र एक हजार नौ सय प्यालेस्टिनीहरू छाडिनेछन् । इजरायलले ३३ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको दाबी गरेको छ । तर हमासले प्रतिक्रिया दिएको छैन ।  

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया