आफूविरुद्धको आरोपपत्र फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार

 पुस ४, २०७७ शनिबार १४:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आफूविरुद्धको आरोपपत्र फिर्ता लिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको आग्रहलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ ।

प्रचण्ड निवास खुमलटारमा पुगेर ओलीले आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गर्नुभएको हो । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेको समयमा ओली प्रचण्ड निवास खुमलटार जानुभएको हो । प्रचण्ड र ओलीबीच छलफल चल्दै गर्दा उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुग्नुभएको थियो । 

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपाभित्र निकै चासोका रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापा बादलको निवास पुल्चोक पुग्नुभएको छ । 

पुल्चोकमा ओलीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र कानुनमन्त्री शिवमायाँ तुम्बाहाम्फे पनि सहभागी हुनुभएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउँदै आउनुभएको छ । 

दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपाको विवाद थप बढेको छ । नेकपाले आइतबार स्थायी कमिटी र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया