उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने पर्वतीय उडान अर्थात माउन्टेन फ्लाइटमा यात्रुको आकर्षण बढेको छ ।
कोरोना महामारीकै बीचमा मंसिर २० गतेदेखि सञ्चालनमा आएको माउन्टेन फ्लाइटमा आज एकै दिन ८ वटा उडान भएको त्रिभुवन विमानस्थलले जनाएको छ । आज बुद्ध एअरका ५ वटा र यती एअरलाइन्सका ३ वटा माउन्टेन फ्लाइट भएका छन् । उडानमा विदेशी यात्रु न्यून भए पनि आन्तरिक यात्रु भने भरिभराउ भएको एअरलाइन्सले जनाएका छन् ।
नेपाली यात्रुलाई लक्षित गर्दै बुद्ध र यती एअरलाइन्सले एक टिकट खरिदमा अर्को सित्तैमा दिने अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ । यसैबीच यती एअरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै हप्तामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । अहिले शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो ।
यती एअरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिबार र आइतबार पर्वतीय उडान गरिने जानकारी दिनुभयो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।