इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू

 पुष ४, २०७७ शनिबार १७:५८:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाएको छ । डिसेम्बर २४ तारिखदेखि इटलीमा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै भिडभाड पूर्ण रुपमा निषेध गरिएको छ ।

घरबाहिर निस्किएका नागरिकले पुलिसलाई कारण बताउनुपर्नेछ । यस्तै २ जना भन्दा धेरै पाहुना घरमा बोलाउन पाइने छैन । राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइनेछ । इटलीका प्रधानमन्त्री ग्युसेप कोन्टेले लकडाउनको निर्णय अप्रिय भएपनि यसको विकल्प नभएको बताउनुभएको छ ।

इटलीमा युरोपकै धेरै ६८ हजार जनाको ज्यान गइसकेको छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै युरोपका कयौँ देशले लकडाउन घोषणा गरिसकेका छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया