राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव

 पुस ५, २०७७ आइतबार १४:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएकाे छ । 

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जानकारी दिएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यताबमोजिम संसद् विघटन स्वीकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

‘हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न देशको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली नागरिक समक्ष जान मिति २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे । 

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Db

    Dec. 21, 2020, 8:17 a.m.

    Whatever the PM n others involved has done I guessed it is 100 % incorrect steps. So to do better in future in whatever way is best (Systems development)

  •  0 Reply

तपाईको प्रतिक्रिया