उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
सिंहदरबारभित्रको कृषि समितिको हलमा कार्यक्रम गरेर उनीहरूले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।