ओलीकाे कदम गलत, गणतन्त्रका मूल्य–मान्यता समाप्त पार्नेछ : वामदेव गाैतम

 पुष ५, २०७७ आइतबार १६:४७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गाैतमले संसद् विघटन प्रस्ताव स्वीकृत भएकाेप्रति आपत्ति जनाउनुभएकाे छ ।

उहाँले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेकाे कदमले सङ्घीय लाेकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने बताउनुभएकाे छ । 

नेता नेपालले विज्ञप्तिमा भन्नुभएकाे छ, 'प्रधानमन्त्रीले नेपालकाे संविधानकाे मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्त्सनायाेग्य छ ।'

नेता गाैतमले नागरिककाे बहुमतकाे कदरकाे नभएकाे पनि बताउनुभएकाे छ ।  

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया