उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
‘एकै चरणमा चुनाव गराउँदा व्यवस्थापनमा सजिलो हुन्छ र आर्थिक हिसाबले सस्तो पनि पर्न जान्छ भन्ने सल्लाह प्रमुख आयुक्तले दिनुभएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
निर्वाचन आयोग सरकारले भनेकै मितिमा चुनाव गराउन तयार रहेको र सरकारको निर्देशन प्राप्त हुनासाथ तयारी थाल्ने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीले आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते २ चरणमा चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ । यो प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।