सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो

 पुस ६, २०७७ सोमबार ११:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९५ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया