उखु किसानले आन्दोलन नरोक्ने : ‘खातामा पैसा नआउँदासम्म ढुक्क हुन सकिँदैन’

 पुष ६, २०७७ सोमबार १४:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चिनी मिलबाट पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलनलाई निरन्तरता दिने उखु किसानले बताएका छन् ।

उखुको बक्यौता रकम नपाएको भन्दै अघिल्लो आइतबारदेखि काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् ।

सरकारसँग साेमबार पनि छलफल हुने र उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन आग्रह गर्ने उखु किसान सङ्घर्ष समितिका सचिव गोपाल यादवले बताउनुभयो ।

चिनी मिल सञ्चालक र सरकारले पटक–पटक झुटो आश्वासन दिएकाले यस पटक सरकारले मिति नै तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरूप फेर्न सकिने किसानले बताएका छन् ।

किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाइमा ढुक्क हुन नसक्ने पनि सङ्घर्ष समितिका सचिव यादवले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया