स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नाकाबन्दीको बेला त्यसको डटेर सामना गर्दा सरकार नै ढलेको जस्तै अहिले पनि षड्यन्त्र भएको दाबी गर्नुभएको छ ।
साेमबार दिउँसाे देशवासीका नाममा सम्बोधन गर्दै ओलीले विगतमा राष्ट्रियताका पक्षमा काम गर्दा सरकार ढलेको र अहिले पनि राष्ट्रियताकै पक्षमा लाग्दा विगतकै पात्रले आफूलाई अफ्ठेरोमा पारेको बताउनुभयो ।
‘परिस्थिति र समय फरक भए पनि पात्र यिनै हुन्, कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतातर्फ धकेल्न लागिपरेको प्रष्ट हुन्छ’, ओलीले भन्नुभएको छ ।
तत्कालीन माओवादी र एमाले एकजुट भएर चुनाव लडेको तर नतिजापछि आफूलाई खेद्ने, सरकार बनाउनै नदिने, विभिन्न पदमा आफ्ना मान्छे चाहियो भन्दै असहयोग गर्ने गरेका कारण आफू समस्यामा परेको ओलीको भनाइ छ ।
आफ्ना पार्टीका नेताहरू प्रतिपक्षी दलभन्दा पनि एक कदम अघि बढेर विरोध र अवरोधमा लाग्दा आफूलाई काम गर्न समस्या भएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।