तरकारीमा झण्डै २१ प्रतिशत मूल्यवृद्धि, समग्र महँगी भने घट्यो

 पुस ६, २०७७ सोमबार १८:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा २० प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा तरकारी उपसमूहको मूल्यवृद्धि २० दशमलव ८८ प्रतिशत रहेको छ । 

यस्तै गेडागुडीको मूल्य पनि १३ दशमलव ७० प्रतिशतले बढेको छ । यस्तै कात्तिकमा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि पोहोरको भन्दा २ प्रतिशतले बढेर ९ दशमलव ४१ प्रतिशत पुगेको छ । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव ७३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २ दशमलव ७५ प्रतिशत रहेको छ ।

समग्रमा भने पोहोरको तुलनामा यो वर्षको चार महिनामा मूल्यवृद्धि घटेको छ । पोहोर कात्तिकमा ५ दशमलव ७६ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो वर्षको कात्तिकमा ४ दशमलव शून्य ५ प्रतिशत मात्रै मूल्यवृद्धि भएको छ ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया