स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरूले संसद् विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् ।
नेकपाका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद् बैठकका लागि संवैधानिक अभियान चलाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान संविधानबमोजिम प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध 'कु' गरिएको छ । हामी सर्वोच्च नि जान्छौँ । संसद्को बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’
यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफू अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान विरोधी निर्णय गर्नुभएको बताउनुभयो । उहाँले संसद् विघटन भएको नठानिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरङ्कुश तरिका अवलम्बन गरिएकोले घोर विरोध एवं भर्त्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ ।’
सांसद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद् विघटनको विपक्षमा रहेको बताउनुभयो । संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । उहाँले भन्नुभयो, ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनै पनि धारामा विघटनबारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अवलम्बन गर्छौ । न्यायपालिकातर्फ हामीलाई विश्वास छ ।’
सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमाथिको 'कु' हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’
नेकपाका प्रचण्ड–माधव नेपाल समूहका सांसदहरूको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन मागसमेत गरेको छ । बैठक नबोलाइए कानुनी प्रक्रिया अघि बढाइने पनि सांसदहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।